![](https://newsofnepal.com/wp-content/uploads/2023/08/pr.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्नेछ ।
हिजो (बुधबार) देखि शुरू भएको उक्त समिति बैठकमा हालसम्म १७ जनाले आ–आफनो धारणा राखिसकेका छन् ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रको केन्द्रिय कार्यालयले जनाएको छ ।