रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक आज (बिहीबार) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्नेछ ।

समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।

बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुने ढकालले बताए ।

मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने तयारी पार्टीको राजनीतिक दस्तावेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ । मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न नेताहरु बताउँछन् ।

रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोका अनुसार केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्