राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त सभाको बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेश गरिने भएको छ ।