कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज, सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी



विराटनगर । कोशी प्रदेश सरकारका लागि दोस्रोपटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनियताको शपथ लिँदै छन् ।

सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरेपछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो । प्रदेश प्रमुख कार्यालयका अनुसार आज बिहान बिहान साढे १० बजे सो सपथग्रहण हुनेछ ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्र्वोच अदालतले पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्