राप्रपाको केन्द्रीय कार्यालय काठमाडौं महानगरले भत्काउँदै, केहीबेरमै नगरप्रहरी खटाइने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिकाले भत्काउने भएको छ ।

पार्टी कार्यालयको नक्सा पास नगरी बनाएको भन्दै महानगरपालिकाले भत्काउने भएको हो ।

धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयको भवन महानगरपालिकाले शुक्रबार नै खाली गर्न अल्टिमेटम दिएको थियो ।

तर, आज (सोमबार)सम्म पनि उक्त कार्यालयको भवन राप्रपाले खाली नगरेपछि महानगरपालिकाले नगरप्रहरी परिचालन गरेरै भए पनि हटाउने भएको छ ।

‘हामीले तीन दिनअघि नै राप्रपाको कार्यालय परिसरमा पुगेर भवन खाली गर्न माइकिङ गरेका थियौँ । तर, राप्रपाले हालसम्म पनि कुनै प्रतिक्रिया जनाएको छैन । यसर्थ आज १०ः३० बजे कार्यालयमा पुगेरै निचोडमा पुगिन्छ । सम्भवतः भवन भत्काइन्छ,’ काठमाडौं महानगर प्रहरी बलका उपरीक्षक दिनेश अर्यालले भने ।

राप्रपाको भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्