संवैधानिक परिषद्को बैठक भोलि



काठमाडौं । प्रमुख तीन राजनीक दलका शीर्ष नेताबीच आइतबार संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक मंगलबार बोलाउने सहमति भएको हो ।

प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने भएकाले लामो समयदेखि बस्न नसकेको संवैधानिक परिषद्को बैठक बस्न लागेको बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदैछ ।

छलफलका क्रममा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्