बाढीमा फसेका चार जनाको उद्धार



कास्की । जिल्लाको पोखरा महानगरपालिका–१३ काहुँखोला साझास्थित विजयपुर खोलामा फसेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । हिजो (शनिबार) राति उनीहरूको प्रहरीले सकुशल उद्धार गरेको हो ।
निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढीमा पसेका सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ्ग, २८ वर्षीय अर्जुुन विक र १९ वर्षीय क्षितिज नेपाली फसेका थिए ।
सोबारे जानकारी पाउनासाथ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरूको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्