कोशी प्रदेश सरकारबारे बाबुराम भट्टराईको प्रस्ताव : मध्यावधिमा जाँऊ

0
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधिमा जानुपर्ने जनाएका छन् ।

कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्धत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाइ दिएपछि कोशी सरकार निर्माणमा थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निर्माणमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् ।