काठमाडौं । सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ ।
राजस्व अनुसन्धान विभागले हिजो (शनिबार) राति सिलबन्दी गरेको हो ।
सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको हो ।
गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ ।
उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ ।











प्रतिक्रिया