कोशी प्रदेश सरकार गठनका लागि पुनः छलफल गर्दै सत्ता गठबन्धन



काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज (आइतबार) पनि छलफल हुने भएको छ । छलफलका लागि सत्ता गठबन्धनका शीर्ष नेता र राप्रपाबीच छलफल हुने भएको हो ।

बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई काठमाडौं बोलाइएको छ । हिजो (शनिबार) पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरुसँग छलफल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्