समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै



काठमाडौं । समाजवादी मोर्चा निकट विद्यार्थी संगठनको समाजवादी विद्यार्थी मोर्चा गठन तथा घोषणा हुने भएको छ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आज (आइतबार) दिउँसो १२ बजे मोर्चाको घोषणा हुने भएको हो ।

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्