अवैध गाँजासहित एक जना महिला पक्राउ



धादिङ । जिल्लाको थाक्रे गाउँपालिका २ बाट एक किलो ९५० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ७ बस्ने ३१ वर्षीय शर्मीला मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा सवार मगरको झोला चेकजाँच गर्दा टेपेले बेरेको दुई पोका गाँजा फेला परेको प्रहरीले बताएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्