भारतका विपक्षी दलका २० सांसद आज मणिपुर जाँदै



नयाँदिल्ली ।

मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ।  आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन् । समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको ३ अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्।

त्यहाँबाट फर्केर मणिपुर समस्याको समाधानका लागि सरकारसँग कुरा गर्ने उनीहरुले जनाएका छन । गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । महिला हिंसाका धेरै घटना बाहिर आएका छन् । यसबारे संसददेखि सर्वोच्च अदालतसम्म छलफल भइरहेको छ ।

विपक्षीहरूले मणिपुर हिंसाको बारेमा प्रधानमन्त्री मोदीले सदनमा जवाफ माग गरिरहेका छन । उता, सर्वोच्च अदालतले सरकारले कारबाही नगरे अदालतले गर्ने जनाईसकेको छ भने सीबीआईले मणिपुरमा महिलालाई नग्न भएर घुम्न लगाएको मामिलामा अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्