इतुंबहाः हाम्रो गौरव हो, रुविन फिर्ता जाऊ भन्दै सम्पदा अभियानकर्मीकाे प्रदर्शन



काठमाडौं ।

रुबिन म्युजियमको सहयोगमा इटुम्बहालमा रहेको केशचन्द्र महाविहारभित्र म्युजियम स्थापना गर्न लागेपछि सम्पदा अभियानकर्मी र स्थानीयले विरोध गरेका छन् ।

विदेशी हस्तक्षेप गरेका भन्दै अधिकारकर्मीले  शुक्रबार सम्पदाको तस्बिर अंकित ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

केशचन्द्र महाविहारबाटै सन् ९० को दशकमा चोरिएको माला पहिरेकी अप्सरा (गन्धर्व)को आकृति रुबिनमै फेला परेपछि २ वर्षअघि मात्रै जनस्तर तथा कूटनीतिक पहलबाट घर फिर्ता गरिएको थियो ।

११औँ शताब्दीतिर स्थापित इतुंबहाः काठमाडौं उपत्यकामा रहेका १८ महायान बौद्ध महाविहारमध्ये सबैभन्दा पुरानो र महत्वपूर्ण विहार हो।

प्रतिक्रिया दिनुहोस्