युनिलिभरले हाल्यो चार वटा कम्पनीविरुद्ध मुद्दा


काठमााडौं ।

युनिलिभर नेपालले आफ्नो जस्तै वस्तु उत्पादन र विदेशबाट आयात गरेर विभिन्न ४ कम्पनीले बिक्री गरेको भन्दै उद्योग विभिगमा मुद्दा हालेको छ ।

युनिलिभरले कामना क्रियशन टेलर्स, ए एण्ड ए कस्मेटिक्स, विलियम विजनेश अर्गनाइजेसन र दिव्या इम्पेक्सविरुद्ध मुद्दा हालेको छ ।

उसले आफ्नो जस्तै उत्पादन नेपालमा अन्य कम्पनीले उत्पादन गर्ने तथा विदेशबाट ल्याएर बिक्री गरेको भन्दै असार १३ गते उद्योग विभागमा उजुरी दिएको हो । उक्त उजुरीपछि विभागले असार २७ गते ती कम्पनीहरुलाई उत्पादन र आयात गरेर बिक्री नगर्न आदेश दिएको छ ।

युनिलिभरले टेलर्स, ए एण्ड ए कस्मेटिक्स, विलियम विजनेश अर्गनाइजेसन र दिव्या इम्पेक्सविरुद्ध क्षतिपूर्तिसमेत मागेको छ । यी कम्पनीहरुले युनिलिभरले उत्पादन र बिक्री गर्ने अल क्लिनर, डोब, सनशिल्क, क्लिनिक प्लस र लक्सलगायतको टेर्डमार्क प्रयोग गरी कस्मेटिक वस्तु बिक्री गर्दै आएका छन् ।

उद्योग विभागका कानून शाखाका प्रमुख दीपक घिमिरेले युनिलिभरले उत्पादन र बिक्री गर्ने जस्तै देखिने स्याम्पु आयात रोकेको बताए ।