बलात्कार आरोपमा इन्जिनियर हरिकुमार पोखरेल पक्राउ



काठमाडौं । बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।

आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । उनलाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार साउन ५ गते रामेछाप घर भएकी २३ वर्षीया युवतीले उनीविरूद्ध बलात्कारको उजुरी दिएकी थिइन् ।

त्यही आधारमा उनलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको एसएसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्