यस्तो छ आज शुक्रबारको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मङ्गल कार्यको योग छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला । शेयर बजको लगानीले पनि लाभ मिल्नेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ, तर मनोरञ्जनमा सहभागी भइनेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । धन सम्पत्ति पनि हात पर्ला ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । पुँजी बजको लगानीले पछि लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मकर

मकर : (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्