१२ औषधी पसल कारबाहीमा

0
Shares

धादिङ ।

औषधी व्यवस्था विभागले तोकेको मापदण्ड र औषधी पसल संचालन गर्दा हुनुपर्ने न्यूनतम कुराहरु पालना नगरेको भन्दै जिल्ला अनुगमन समितिले १२ मेडिकल तथा औषधी पसललाई कारबाही गरेको छ ।

अनुगमन टोलीले नीलकण्ठ, गजुरी र गल्छीमा मापदण्ड विपरित संचालनमा रहेका १२ वटा औषधी पसलहरुलाई जरिवाना तिराई कार्वाही गरेको हो । गल्छीमा संचालन गरेको स्मारिका फार्मेसीलाई जिल्ला अनुगमन समितिले रु ५० हजार जरिवाना तिराएको छ । यो यसवर्षको सबैभन्दा धेरै जरिवाना रकम हो ।

साधारणतया मेडिकलहरुलाई जिल्ला अनुगमन समितिले अनुगमन गर्ने गरेको थिएन । यसपटक गल्छी गाउँ पालिका क्षेत्रका केही मेडिकलहरुलाई जानकारी दिएर अनुगमन गरिएको जरिवानामा परेका मेडिकलहरुले आरोप लगाएका छन् ।

अनुगमनको समयमा केहिमेडिकलहरु बन्द गरेर संचालकहरु पसल छाडेको कारबाहिमा परेकाहरुले नेपाल समाचारपत्र दैनिकलाई बताएका छन् । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग,लगायतका प्रतिनिधि सहभागी थिए ।

नियम विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रिएका सामाग्री राखेका १२ वटा औषधि पसललाई १ लाख ४० हजार जरिवाना सहित कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।