कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २ मा बस्ने



काठमाडौं ।

नेपाली कांग्रेसको अर्को कार्यसमिति बैठक असोज २ गते बस्ने भएको छ । एक सातासम्म चलेको केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुलाई जानकारी दिएका हुन् ।

पार्टीले दुई-दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने निर्णय लिएको थियो । त्यसैअनुसार अर्को बैठक असोज २ मा बस्ने देउवाले बताए । कांग्रेसले मंसिर ११, १२ र १३ गते महासमिति बैठक बस्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्