निर्वाचनमा वागी उठेर जितेका १४ नेताको कारबाही फुकुवा(नामावलीसहित)



काठमाडौं ।

नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

यी हुन् कारबाही फुकुवा भएका नेताहरू :
– जंगीलाल राय
–  देवेन्द्र बहादुर शाही
–  नवराज शाही
–  राजुसिंह कठायत
–  मनोजकुमार शाह
–  प्रल्हाद कुमार क्षेत्री
–  तारादेवी महतो
–  भोला खड्का
–  राम यादव
–  विजय कुमार महतो
–  विदेश्वर शाह
–  रूकुम तामाङ
–  लक्ष्मण सिंह

प्रतिक्रिया दिनुहोस्