ओम्निया क्बलका सञ्चालकलाई धराैटीमा छाड्ने आदेश

0
Shares

काठमाडौं ।

जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पन्डितको इजलासलाई गुरुङसँग १० हजार धरौटी मागेर छाड्ने आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौंले अभद्र व्यवहारको कसूरमा सानुभाइलाई १० हजार रुपैयाँ धरौटी राखेर छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अदालतले छाड्न आदेश दिए पनि उनले पुरानो मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको देखिएकाले कारागार पठाइएको छ ।

उनी काठमाडौं–२६, ठमेलस्थित क्लब ओम्नियामा गएर सञ्चालक गुरुङसहित अरु कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । उनका समूहका अरु ६ जनालाई मंगलबार नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।