खर्च कटौतीको नाममा सेनाको औचित्यमा प्रश्न उठाएर बहसमा नल्याऔं : राजेन्द्र लिङ्देन

0
Shares

काठमाडौं ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली सेनाको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सेनाको संख्या घटाउने कुरा बहसमा ल्याउन नहुने उनको भनाइ छ । खर्च कटौती गर्ने भए सेना नभएर जनप्रतिनिधि घटाउनुपर्ने उनले बताए ।

स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूले योजनाबद्ध ढंगबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्नेजस्ता विषयमा अभिव्यक्ति दिएको भन्दै लिङ्देनले यस्ता बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण भनेका छन् ।