त्रिवी सेवा आयोग खाली गर्न आग्रह



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालयको सेवा आयोगको भवन खाली गराएको छ । उनीहरुले सेवा आयोगका केही कुर्सी लगेर केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

सेवा आयोगको कार्यालय रहेको भवन छात्राबासका लागि बनेकाले सोही प्रयोजनमा लगाउनुपर्ने भन्दै स्ववियुले भवनका सामग्री बाहिर निकालेको हो । स्ववियु सभापति श्यामराज ओझाको नेतृत्वमा आएका विद्यार्थीले केही कुसी लगेर केन्द्रीय कार्यालयलाई बुझाएका छन् ।

सेवा आयोगका कार्यालय प्रमुख केदारनाथ ढकालले सेवा आयोग खाली गरेको नभै केही कुर्सीहरु केन्द्रय कार्यालयलाई बुझाएको बताउनुभयो । भन्नुभयो–हामी कुर्सिबै बसिरहेका छौ, विद्यार्थीले आयोग खाली गराएको होइन, केही कुसीमात्र लगेका हुन् ।

भवन खाली गराउन पटक पटक आग्रह गरे पनि त्रिवि नेतृत्वले बेवास्ता गर्दा भवन खाली नगराएको कारण आयोगको कुर्सी र केही फर्निचर लगेको बताउनुभयो ।

२०७२ सालको भुकम्पले त्रिबि केन्द्रीय कार्यालय ध्वस्त भएपछि सेव आयोगलाई सो भवनमा सारिएको कार्यालय प्रमुख ढकालले बताउनुभयो । भन्नुभयो–आयोगको प्रकृति अनुसार भवन उपलब्ध गराए तत्काल सर्न तयार रहेका छौ । उहाले केही समयपछि केन्द्रीय कार्यालय भवनमा आयोग मुख्यालय सर्ने तयारी भएको बताउनुभयो ।

स्ववियुले त्रिविका पदाधिकारीलाई पटक पटक ६५ जना बस्नमिल्ने छात्रावास खाली गर्न आग्रह गरेको थियो । अटेर गरेपछि बाध्य भएर खाली गराएका हौ–सभापति ओझाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्