‘क्विन्टलका क्विन्टल सुन भित्र्याउने नाइकेलाई संरक्षण गरियो : रवि लामिछाने



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउने सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन्।

बुधबार संसद बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाए।

उनले सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलि अलि गर्न खोजेजस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको बताए। “जब यस्ता घटना आउँछ, अनि कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारबाही हो रु कारबाही गरेको कि पुरस्कार दिएको ? तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि सरुवा हो ? ,” उनले सोधे ।

उनले यस्ता काण्डमा सामान्य मान्छे पर्दा अन्यलाई सूचना लुकाउने, मिडिया न्यारेटिभ परिवर्तन गराउन समय मिल्ने बताए । उनले यो काण्डलाई निष्कर्षमा नपुर्याए सरकारको दिनगन्ती सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्