सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने एमालेको निर्णय



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने निर्णय गरेको हो ।

गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्ष निकालेको बैठकले सुन प्रकरणबारे संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ ।

अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि एमालेले सो प्रकरणमा सरकारको संरक्षणविना आयात गर्न नसकिने भन्दै जवाफ माग्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्