माओवादी केन्द्रको पदाधिकारी बैठक पुनः बस्ने गरी स्थगित



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पुनः बस्ने गरी स्थगित गरिएको छ ।

आज (बुधबार) बिहान केन्द्रीय समितिको बैठकका एजेन्डाहरूको विषयमा छलफल गर्न अनौपचारिक बैठक बसेको बसेको थियो ।

उक्त बैठक साँझ बस्ने गरी स्थगित गरिएको छ । पार्टीका कार्यवाहक अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा विषयमा छलफल गर्न अनौपचारिक बैठक बसेको तर साँझ पुन बस्नेगरी अहिलेलाई स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अगामी साउन १७ देखि १९ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्