भीषण वर्षाले दाङका विभिन्न स्थानमा क्षति (विवरणसहित)



काठमाडौं ।

केही दिनदेखिको लगातार वर्षाका कारण आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । अविरल वर्षाका कारण घरहरू भत्किएका छन् भने कयौँ घरहरू पूर्णरूपमा डुबानमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षा हुनसक्ने भन्दै सूचना जारी गरेपछि जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र स्थानीय पालिकाहरूले उच्च सतर्कता अपनाउन अनुरोधसमेत गरेका छन् ।

लगातारको वर्षाका कारण जिल्लाको तुलसीपुर, लमही, गढवा र राजपुर क्षेत्रमा बाढीले क्षति पु¥याएको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार चङगुवा,दाङ घर डुबानमा परेको दाङ राजपुर गाउँपालिका ५ भुर्किहवा स्थित अबिरल बर्षाका कारण राप्ती नदि बढ्न गई उक्त स्थानमा रहेकाअन्दाजी १०/१२ वटा घर डुबानमा परेको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी चङगुवाबाट प्रहरी टोलीले उद्धार गरेको र मानवीय क्षेति तथा पशु चौपायाको क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बेला, दाङ वर्षाको कारण घर भत्केको आइतबार ८ बजे रातिदेखि परेको अबिरल वर्षाको कारण राजपुर गाउँपलिका-२ बस्ने वर्ष अन्दाजी ३०/३२ कि पुष्पा नेपालीको एक तले खरले छाएको कच्ची घरको एकातिरको भित्ता आज ९ गते बिहान अन्दाजी१०:०० बजे भत्केको, अन्य क्षति नभएको छिमेकी ग्वाते कुमालको घरमा सारिएको, उक्त स्थानमा प्रहरी चौकी वेलाबाट प्रहरी टोलीले उद्धार गरेको  प्रहरीले जानकारी दिएकाे छ ।

यस्तै कोठरी, दाङमा साेमबार ९ गते अन्दाजी १०:४० बजे स्कारपिओ गाडीलाई खोलाले बगाएको जिल्ला दाङ तुलसीपुर उपमहानगरपालि १४ जनकपुरस्थित सौडियार सर्रा सडक खण्डमा पर्ने सोता खोलाले तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको बा ११ च ९५११ नं.को स्कारपिओ गाडीलाई बगाएको भन्ने खबर प्राप्त हुना साथ कोठरी र  दलजितपुर दाङबाट प्रहरी टोली खटिई चालकलाई सकुशल उद्धार गरिएको गाडी बगाएर अंन्दाजी १०/१५ मिटर तल लगेको स्कारपिओ गाडीलाई १३:३० बजे निकालिएको  प्रहरीले बताए ।

लमही,दाङ वर्षाको कारण घर डुबानमा परेको ९ गते अन्दाजी ११:३५ बजे जिल्ला दाङ लमही नगरपालिका १ सुनडबरी  कान्तिपुरमा अविरल बर्षाका कारण निम्न व्यक्तिहरुको घर डुवान भएको भनि खबर प्राप्त हुनासाथ शकर श्रेष्ठको कमाण्डमा १० जनाको टोली  गएर उद्धार गरेकाे थियाे   ।

दाङ लमही नगरपालिका १ सुनडबरी बस्ने ७०  वर्षीयको निम बहादुर सार्कीको फुसले छाएको १ तले कच्ची घरमा पानी पसेको, निजको २ जनाको परिवारलाई उद्धार गरी छोरा छबे सार्कीको घरमा राखिएको । यसैरी कान्तीपुर बस्ने बर्ष ३६ को राम बहादुर कुमालको १ तले पक्की घरमा पानी पसेको घरको छतमा रहेको,उद्धार गर्ने कार्य भईरहेको । साेही ठाउँ बस्ने ४० वर्षाीय सुशिल कुमालको २ तले कच्ची घरमा पानी पसेको ९ पानी पस्नु भन्दा पहिले नै सुरक्षित ठाउँमा गएका छन्  ।

साही ठाउंँ बस्ने ६०  वर्षीय दयाराम चौधरीको २ तले कच्ची घरमा पानी पसेको ९पानी पस्नु भन्दा पहिले नै सुरक्षित ठाउँमा  सारिएकाे छ । यस्तै गढवा, दाङ बाढी आएर बाटो अवरुद्ध भएको ९ गते बिहान देखि परेको अबिरल वर्षाको कारण कालाकाटे देखि गोबडिया हुँदै गढवा सम्मको हुलाकी सडक खण्डका विभिन्न स्थानमा बाढी आई लेदो खसेर बाटो अवरुद्ध भएको, उक्त स्थानमा  कालाकाटेबाट प्रशासनिक नेत्रलालको कमाण्डमा ३ जनालाई गोबडीयाबाट बन्जाडेको कमाण्डमा ४ जनाको टोली खटिएको थियाे । यस्तै लमही सडक खण्डमा राप्ती नदीमा आएको बाढी,बेला-गढवा सडक खण्ड चन्दनपुर खोलामा आएको बाढीले अवरुद्ध भएको, उक्त स्थानमा दाङबाट ५ जनाको टोली खटिएकाे  िथयाे ।

तुलसीपुर उपमहानगरपालिका–१५ खैरेनीमा अविरल वर्षाका कारण स्थानीय तेजबहादुर खत्रीको घर भत्किएको छ । घर भत्किदा दुई लाख ५० बजार बराबरको भौतिक क्षति भएको प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी  दिए  । बाढीसम्बन्धी थप जानकारीका लागि जिल्ला प्रशासन कार्यालय सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी र जिल्ला आपत्कालिन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरिएको उपरीक्षक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्