चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्कियो



काठमाडौ‌ं ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो ।

माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको चिनियाँ टोली स्वदेश आजै उनीहरू स्वदेश फर्किएको पार्टी केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्