वरिष्ठ सई पौडेल होटलभित्र मृत भेटिए



काठमाडौं ।

नेपाल प्रहरीका एक वरिष्ठ सई मृत फेला परेका छन्। बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्जसमेत रहेका वरिष्ठ सई उज्वल पौडेल मृत फेला परेका हुन्।

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत फेला परेको बागलुङ प्रहरीले जानकारी दिए ।

‘होटलमै तल्लो तलामा मृत फेला परेको थाहा पाएपछि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्