लुम्बिनी प्रदेश सभा बैठक बस्दै, दुई विधेयकमा छलफल हुने



काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ । बैठक दिउसो १ बजे बोलाईएको छ ।

गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो । यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई विधेयकमाथि  छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्