नागरिक समाजका अगुवाहरुद्वारा सुशासनका लागि सूचना माग गर्दै नारा जुलुस

0
Shares

धादिङ  ।

थाक्रे गाउँपालिकामा सुशासन र पारदर्शिताको माग गर्दै नागरिक समाजका अगुवाहरुले गाउँपालिकाको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।
प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार समेत भएका नेत्रराज पौडेल, गैसस महासंघका केन्द्रीय सदस्य गोकर्ण रुपाखेती, गाउपालिकाका सामाजिक अगुवाहरुले सामूहिक रुपमा निवेदन दर्ता गराउँदै सुशासन र पारदर्शिताको माग गरेका हुन् ।

पालिकाले पारित गरेको नीति कार्यक्रम, बजेट सार्वजनिक नगरेको, एकमुस्ट बजेट राखी स्वेच्छाचारी ढंगले काम गरेको, कार्यपालिकाको बैठक अगावै कार्यपालिका सदस्यलाई विषयवस्तु जानकारी गराउनु पर्नेमा नगराएको, कार्यपालिकाको निर्णयहरु २ दिनभित्र सार्वजनिक गर्नुपर्नेमा सार्वजनिक नगरेको, पहुँचका आधारमा बजेट बाँडफाँड गरेको, उपभोक्ता समितिले गर्ने कामहरुमा प्राविधिक स्टमेट समेत एक रुपता नहुने, उपभोक्ता समिति गठन भएपछि वा ठेकेदारले काम गर्ने सम्झौता गरेपछि अनुकुलताको आधारमा लागत रकम भन्दा घटी वा बढी इस्टमेट गराउने गरेको, विधि प्रकृया नाघेर भएको खर्चहरुको कारण ठूलो रकम बेरुजु आएको प्रचलित कानुन विपरीत ठेक्का लगाउने गरेको, कार्यपालिकाले निर्णय नै नगरी करारका कर्मचारीलाई तलब खुवाएको आरोप लगाउँदै विभिन्न विषयमा सूचना माग गरिएको पत्र कार्यपालिको बैठक चलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यलाई बुझाइएको छ ।

८६ जनाले हस्ताक्षर गरी ५ विषयमा सूचना माग गरिएको छ । विगत तिन वर्षको कार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरुको प्रतिलिपि, तिनवर्षको वार्षिक नीति कार्याक्रम र बजेट, यस अवधिमा गाउँपालिकाले बनाएको ऐन, नियम र कार्य विधिहरु, गाउँपालिका भित्रको बेरुजु विवरण, र रकम, पालिकाले छुट मिनाहा दिएको भए सोको जानकारी समेत उपलब्ध गराउन सूचनामा माग गरिएको छ ।

नारा जुलुससहित पालिका पुगेको नागरिकअगुवाहरुको टोलीका तर्फबाट नेत्रराज पौडेलले गाउँपालिकाले कर उठाउने ठेक्कामा अमानतमा उठाउन मिल्नेगरि ढिला ठेक्का निकालेको र पहिलो चरणमा पर्याप्त ठेक्का नपरेकोभन्दै समय थप गर्दा अमानतमा उठाउने वातावरण बनाएर अनियमितताको प्रशस्त स्थान देखिएको, करारमा तलब खुवाइएका एक घर एक सदस्य मा राखिएका कर्मचारीको करारसम्झौता नगरितलब खुवाएको आरोप लाग्दा पनि पालिकाले पत्यार लाग्दो खण्डन नगरेको बताउनुभयो ।

सुशासन र पारदर्शिताका लागि नागरिक समाज जहिले पनि लाग्ने भएकोले आफूहरुले यही विषय उठाएर पालिकामा शुसासनका लागि नितिगत रुपमा काम गर्नका लागि नागरिक आवाज उठाएको नागरिक अगुवा गोकर्ण रुपाखेतीले बताउनुभयो । प्रमुख दलबल समेत आएर विभिन्न आरोप सहित सूचना माग प्रशासकीय अधिकृत  मानबहादुर बराललाई पटक पटक सम्पर्क गर्दा फोन उठाउनु भएन