हेर्नुहोस् यस्तो छ फेरिएको ट्विटरको लोगो

0
Shares

काठमाडौं । एलन मस्कले ट्विटरको लागो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो ।

ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै जानकारी दिएका छन् ।

मस्कले एक्स डटकम वेबसाइट खोल्दा ट्विटर डटकम खुल्ने भइसकेको पनि बताएका छन् । ट्विटर कम्पनीलाई खरिद गरेपछि मस्कले एक्स कर्प कम्पनीका रूपमा रिब्रान्डिङ गर्न खोजेका छन् । सोहीअनुसार लोगो परिवर्तन र एक्स डककम खोल्दा ट्विटर डटकम खुल्ने बनाइएको हो ।

ट्विटरकी सीईओ लिन्डा याकारिनोले ‘एक्स असीमित अन्तरक्रियात्मकता’को भविष्य बन्ने बताएकी छन् । ट्विटरमा उनले लेखेकी छन्, “अडियो, भिडियो, सन्देश, भुक्तानी/बैंकिङमा केन्द्रित– एक्स विचार, वस्तु, सेवा र अवसरको लागि विश्वव्यापी बजार बन्नेछ ।

एआईबाट सञ्चालित एक्सले हामी सबैलाई कल्पना गर्न थालेअनुसार एकै ठाउँमा ल्याउनेछ ।”