शिक्षाविद् कमलकृष्ण जोशी सम्मानित

0
Shares

कठमाडौं ।

इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको १७ औं स्मृति दिवसमा शिक्षाविद् डा. कमलकृष्ण जोशीलाई उहाँले शिक्षामा पु¥याइएको विशेष योगदानका लागि एक कार्यक्रमकाबीच प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन दुवालले सम्मानपत्र प्रदान  गर्नुभएकाे छ ।

सोही अवसरमा उहाँले केदारनाथ प्रधान नौलो इतिहासका निर्माता हुनुका साथै विविध क्षेत्रमा प्रधानले पु¥याइएको योगदानको चर्चा गर्दै प्रधान एकजना बनेपाले गौरव गर्नुपर्ने ऐतिहासिक व्यक्तित्व रहेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष कमला कायस्थको सभापतित्वमा संचालित उक्त वार्षिक सम्मान कार्यक्रममा शिक्षाविद् कमलकृष्ण जोशीले सम्मान पछि आफ्नो विचार राख्दै केदार प्रधान स्वाभिमान व्यक्तित्व हुुनुहुन्थ्यो जस्ले समाजका विविध क्षेत्रमा सेवा पु¥याएर आफूलाई अमर बनाएको देखिन्छ ।प्रतिष्ठानको सम्वृद्धिका लागि सम्मानमा प्राप्त गरेको रु.१० हजार नगद पनि उहाँले प्रतिष्ठानलाई प्रदान गर्नुभयो ।

काभ्रे बहुमुखी क्याम्पसको सभाकक्षमा भएको उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पसप्रमुख केजि बयदार, प्राध्यापक लेखनाथ गुरागाईं, शिक्षासेवी गोविन्दलाल प्रधानाङ्ग, प्रतिष्ठानका सदस्य–सचिव रामशरण लुईंटेलले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।