मौद्रिक नीति : राष्ट्र बैंकले ठुला ऋणीहरूका लागि छुट्टै नीति बनाउने



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत् ठूला ऋणीहरुको सुपरिवेक्षणका लागि छुट्टै नीति बनाउने भएको छ ।

ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने क्रममा रहेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई माग र आवश्यकताका आधारमा परिमार्जन गर्दै ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मागदर्शन जारी गर्ने जनाएको हो ।

 एकल ग्राहक कर्जा सुविधासम्बन्धी व्यवस्थामा परिमार्जन गरी कर्जा अधिकेन्द्रीकरण घटाउने र साना तथा मझौला उत्पादनशील व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ’ बैंकद्वारा जारी मौद्रिक नीतिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्