मौद्रिक नीति : सेयर बजारलाई राहत, सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने


काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक नीति अनुसार सेयर बजारलाई राहत दिइने भएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने बताएको छ ।

केन्द्रीय बैंकले रियल स्टेट कर्जा र हायर पर्चेज कर्जामा पनि जोखिमभार पुनरावलोकन गरिने भनेको छ । यसबाट सेयर बजार, रियल स्टेट तथा हायर पर्चेज क्षेत्रले राहत पाउनेछन् ।