मौद्रिक नीति : घर बनाउन अब पहिलेभन्दा सजिलो



काठमाडौं ।

अब घर बनाउनको लागि बैंकबाट पहिलेभन्दा बढी ऋण पाइने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो।

कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ। यसअघि यस्तो कर्जाको अधिकतम् सीमा १ करोड ५० लाख रुपैयाँ थियो। यसले गर्दा त्यस्तो ऋण लिने व्यक्तिहरुलाई थप सहज हुनेछ । यसका लागि यसअघि ५० लाखसम्म भएको सीमालाई समेत बढाएर २ करोड पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्