बारमा गोली चल्दा ११ को मृत्यु, ४ जना घाइते

0
Shares

एजेन्सी ।

मेक्सिकोको एक बारमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चार महिला पनि छन् । सोही क्रममा ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो। महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ ।

जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए । घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेकाे जनाइएकाे छ ।