काठमाडौं ।
नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालका अनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको छ।
दुई पक्षीय सम्झौता भएपछि सरकारले (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो। बेलायत जान इच्छुकले आवेदन दिन सक्ने मन्त्रालयले सूचनामार्फत् उल्लेख गरेको छ।
आवेदन आज (शुक्रबार) देखि खुला भएको छ। कात्तिक २ गतेसम्म आवेदन दिन सकिन्छ। आवेदन दिनका लागि सूचनामा लिंक समेत उपलब्ध छ। आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेको हुनुपर्ने छ।











प्रतिक्रिया