काठमाडौं ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो ।
जारी केन्द्रीय समिति बैठक केहीबेर रोकिएका बेला बिहीबार सभापति शेरबहादुर देउवाले केक खुवाएर महामन्त्री थापाको जन्मदिन मनाइ दिएका हुन्।
देउवाले थापालाई केक खुवाएपछि थौरै आफूले पनि खाँदै हाँसीमजा गरेका छन्। पार्टी कार्यालय सानेपामा तीन दिनदेखि केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ।
सभापति देउवाको कार्यशैलीप्रति चर्को आलोचना गर्दै आएका थापाले केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थितिमा जन्म दिन मनाएका हुन्।
प्रतिक्रिया