थप १०० केजी सुन विमानस्थलभित्रै रहेको आशंकापछि राजस्वको टोली एयरपोर्टमा

0
Shares

काठमाडौं ।

त्रिभुवन विमानस्थल भन्सार परिसरमा एक सय किलो सुन बुधबार बरामद भएपछि राजस्व अनुसन्धान विभागको सक्रियता बढाएको छ।

विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको दोस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा सक्रियता बढाएको विभागले जनाएको छ।

विभागले हिजो (बुधबार) त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो ।

बरामद उक्त सुन बुधबारै राष्ट्र बैंक लगिएको थियो। एक क्विन्टल सुन बरामद भइसकेपछि राजस्व अनुसन्धान विभागले बिहीबार फेरि विमानस्थल भन्सारमा छापा मार्ने तयारी गरेको हो ।

हङकङसहित विभिन्न रुटबाट भित्रिएको अवैध सुन अझै विमानस्थलमा होल्डमा रहेको सूचनापछि विभागको टोली अहिले त्यहाँ पुगेको छ।

विभागको टोलीले विमानस्थल भन्सारमा खानतलासी र छापा मार्न टोली पठाइसकेको बताइ एको छ।