लैङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न गाउँमै कानुनी सचेतना

0
Shares

कालिकोट ।

लैङ्गिक हिंसा तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि कालिकोटका विकट दलित वस्तिहरुमा कानूनी सचेतान कार्यक्रम सञ्चालन गरिएको छ ।

इन्सेक कालिकोटको आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्य गर्न खाँडाचक्र नपा–२ पिपलमाडु गाउँमा कानुनी सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

‘जातीय विभेदको अन्त्य गरौं,लैङ्गिक हिंसाबाट पीडित भएकाहरुलाई कानूनको पहुँचमा पुगाउँ’ भन्ने नारासहित आयोजना गरिएको सचेतना कार्यक्रममा कार्यस्थलमा हुने जातीय विभेद,महिलामाथि हुने हिंसा,छाउपडिप्रथा, यौन हिंसाका विषयमा छलफल गरिएको छ ।

सचेतना कार्यक्रममा जिल्ला स्तरिय सिफारिस संयन्त्रका संयोजर्क एवम नेपाल बार एसोसिएसन कालिकोटका अध्यक्ष अमलराज शाहीले लैंङ्गिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलन सम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नु भएको थियो । यस्तै उहाँले घरेलु हिंसा कसुर सजाय ऐन,बालवालिका माथि हुर्ने दुव्र्यवहार यसको नियन्त्रणका बारेमा बताउनु भएको थियो ।

यस्तै कार्यक्रममा विभिन्न प्रकारका हिंसाका घटनामा परि पीडित भएका विपन्नहरुलाई छिटो छरितो न्यायको पहुँचसम्म पुग्नका लागि सिफारिस संयन्त्रको गठन भएको र यसका काम कर्तव्यका वारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा खाँडाचक्र नपा–२ पिपलमाडु दलित विपन्न वस्तिका स्थानीय महिला,युवा,किसोरी लगाएतको सहभागिता रहेको थियो ।