‘साइबर सुरक्षा’ पुस्तक बिमोचन

0
Shares

ललितपुर ।

‘साइबर सुरक्षा’ सम्बन्धी जानकारी दिने पुस्तक बिमोचन भएको छ। बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालयको सहयोगमा ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ नामकाे पुस्तक बिमोचन गरिएकाे हो ।

सञ्चार रजिष्ट्रार कार्यालयद्धारा प्रकाशित साइबर सुरक्षा नामक पुस्तक बुधवार बिमोचन गर्दै बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले  साइबर सुरक्षा रणनीति, नीति र कानून बनाएर कार्यान्वयन गर्न प्रस्तावित निर्देशक समितिमा साइबर सुरक्षा बिज्ञ मात्रै होइन, प्रदेशमा सञ्चार हेर्ने मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका संघको प्रतिनिधि रहन आवश्यक हुने बताउनुभयो ।

साइबर सुरक्षाको समन्वय तथा सहजीकरण समितिमा प्रदेशका सञ्चार हेर्ने मन्त्रालयका सचिवको प्रतिनिधित्व हुनु पर्ने, राष्ट्रिय साइबर सुरक्षा रणनीतिक कार्य समूहमा प्रदेशको सञ्चार हेर्ने निकायको प्रमुखको प्रतिनिधित्व हुनु पर्ने पनि उहाँले बताउनुभयो । त्यसो हुँदा संघ र प्रदेशमा समन्वय हुन्छ र जुनसुकै स्थानीय तहलाई पनि त्यहि संयन्त्र भित्र ल्याउन उपयुक्त हुन्छ ।

बागमती प्रदेशमा सूचना प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित बिषयमा कानून निर्माण गरी कार्यान्वयनमा लगिनेछ । संघीय साइबर सुरक्षा नीति आएसँगै हामी प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्न सकिने कानून निर्माण गर्नेछौ ।

आम नागरिकले कम्प्युटर, मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको दैनिक प्रयोग गर्ने सवालमा आउने चुनौती र त्यसका सुरक्षा उपायहरुका बारेमा जानकारी गराउने उद्देश्यले साइबर सुरक्षा पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताउनुभयो । ‘डिजिटल प्रविधिको प्रयोगमा धेरै चुनौतीहरु छन् तर यस्ता चुनौतीसँग भागेर अगाडि बढने बाटो छैन, बरु आफूलाई सक्दो प्रविधि साक्षर र प्रविधिमैत्री बनाउन सकियो भने यसबाट लिन सकिने साइबर सुरक्षासँग सम्बन्धित बिषयमा चेतना जगाउन उपयोगी हुने अध्ययन सामग्री तयार गरिएको हो । यो पुस्तकले साइबर सुरक्षाका बारेमा जान्न चाहनेहरुका लागि भोक जगाउँछ, उत्सुकता जगाउँछ । जुनसुकै पेशा व्यवसायमा रहेका आम नागरिकका लागि यो पुस्तक उपयोगी छ । ̓

साइबर सुरक्षाको चुनौती बढिरहेको वेला सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नागरिकलाई सुसुचित गराउने उद्देश्यले साइबर सुरक्षा नामक पुस्तक सार्वजनिक गरेको छ । साइबर सुरक्षा पुस्तकमा साइबर सुरक्षाको महत्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता, उपलब्धता जस्ता बिषय पुस्तकको साइबर सुरक्षा खण्डमा रहेको छ ।