अवैध लागूऔषधसहित ९ जना प्रहरीकाे फन्दामा

0
Shares

काठमाडौं । 
कैलाली, टिकापुर नगरपालिका-१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नबिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिंडिरहेका नबिनको शरीर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, जानकी गाउँपालिका-१ तोरैयापुरबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय ओमकार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २४ वर्षीय अनिल भट्टराईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अनिलको घरमा लागूऔषध बिक्रिबितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-३ बस्ने २६ वर्षीय सगर सहनीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपोलिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १६ चक्कीसहित सोही ठाउँ आफ्न्तकोमा बस्ने उदयपुर चौदण्डी नगरपपालिका-३ घर भएका १९ वर्षीय बिबस मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, बाह्दशी गाउँपालिका-६ मोतिगडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम, डिजिटल ताराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित सोही ठाउँ बस्ने ४२ वर्षीय राम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा।२६ प ३६३८ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवान समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले  एमएच ४८ एवाइ ४७०९ नम्बरको गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१२ बस्ने ३० वर्षीय अनिष रानालाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ३ सय मिलिग्राम, नगद २ हजार ५ सय ५० रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र लागूऔषध नाप्ने डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।