अनुमतिबिना उत्तर कोरियाको सीमामा प्रवेश गर्ने अमेरिकी नागरिक पक्राउ

0
Shares

सिओल । उत्तर कोरिया र अमेरिकाबीच तनाव जारी छ ।

यसैबीच उत्तर कोरियाले एक अमेरिकी नागरिकलाई पक्राउ गरेर हिरासतमा लिएको छ । उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी नागरिक बिना अनुमति उत्तर कोरियाको सीमामा प्रवेश गरेको दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

संयुक्त राष्ट्र कमाण्डले एक ट्वीटमा अमेरिकी नागरिक कोरियाली सीमावर्ती गाउँको भ्रमण गरेको र अनुमति बिना उत्तर कोरिया प्रवेश गरेको जनाएको छ । जसलाई उत्तर कोरियाले हिरासतमा राखेको छ

ट्वीटमा थप भनिएको छ कि, ‘संयुक्त राष्ट्र कमाण्डले यस घटनाको समाधान गर्न उत्तर कोरियाली समकक्षहरूसँग काम गरिरहेको छ । बिना अनुमति उत्तर कोरियाको सीमामा प्रवेश गर्ने व्यक्तिको पहिचानको बारेमा ट्वीटमा कुनै जानकारी दिइएको छैन । साथै उनले किन सीमा नाघेको हो ? भन्ने पनि अझै खुलेको छैन ।

यसै क्रममा दक्षिण कोरियाको डोङ ए इल्बो दैनिकले उत्तर कोरियाली सेनालाई उद्धृत गर्दै सीमा पार गर्ने व्यक्ति अमेरिकी सेनाको सिपाही भएको बताएको छ । उनीहरूको नियतबारे अनुसन्धान भइरहेको छ । उल्लेखनीय छ, पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीचको विवाद चर्किएको छ ।

उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेपछि गत आइतबार नै जापान, दक्षिण कोरिया र अमेरिकाले जापानको सागरमा संयुक्त नौसैनिक मिसाइल रक्षा अभ्यास गरेका थिए । जसका कारण किम जोङ उन थप आक्रोशित छन् ।