बाजुरामा तीस हजार पशु चौपाया ‘लम्की स्किन’ रोगबाट पभावित 

     सात सय बढी मरे 



   बाजुरा। 

 पशुलाई लाग्ने एक किसिमको नयाँ रोग (लम्की स्किन)ले बाजराका किसानलाई आजित बनाएको छ । एक हल गोरु र एक गाई पाल्ने किसान  नै उक्त रोगबाट बढी प्रभावित भएका छन् । गत भदौदेखि बाजुरामा लम्की स्किन रोगका लक्षण देखिए पनि गत जेठ असारमा यो रोगबाट बुढिगंगा नगरपालिकाका किसान बढी प्रभावित भएका हुन् ।

 गोठमा गोरु रोगले थलिएका छन् । दाम्लामा बाँधेको एक हल गोरु पनि  बिमारले थलाइपरेपछि  आफै हली आफै बाउसे  भएर असार  खेती लगाएँ अनिल जैसीको  दुखेसो छ।  छोराछोरी प्रदेशमा छन् घरमा एक हल गा्ेरु थिए ती पनि बिमारले थलाइपरेपछि मैले मोही टेकेँ बुढाले तानेर रोपाइँ सक्यो बेलकाटिणँकी रामदेवी पाध्याको भनाई छ ।

    किसानका गाईबस्तु  रोगले थलाइपरेपछि  बुढिगंगा नगरपालिका ६ का वडा अध्यक्ष हेमराज जैशी यतिबेला  लम्की स्किनविरुद्ध किसानको घरगोठ चाहर्न ब्यस्त छन् ।  भेटनरी लाईभस्टक ब्याक्राउन्ड भएका वडा अध्यक्ष जेशी भन्छन् आफ्नो वडाबाट उक्त रोग नियन्त्रणका लागि हर प्रयास गरें सामान्य किसानले उक्त खोप किन्न सक्ने हैसियत देखिँदैन  ।  मैले पाउनु पर्ने पारिश्रमिकबाट कट्टी गरी खोप किने । अति गरिब परिवारका वस्तुलाई खोप लगाएको र उक्त प्रभावले पालिका भरि माग आएको छ।  १० वटै वडामा पुगेर परामर्श गरिरहेको छु ।

   वडाको उपचारका लागि वडाबाट ५० हजार बराबरको औषधी खरिद गरेर उपचार गरेका थिए । अन्य वडामा भने तालिम गोष्ठि तथा आफूले  पाउने सुविधा बापतको रकमको औषधी खरिद गरेर निःशुल्क उपचार गिरहेको अध्यक्ष जैसीको भनाई छ ।

‘लम्की स्किन भाइरल’ यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, –याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ । सङ्क्रमण बढेपछि पशु चौपाया मर्नेसमेत गर्दछन् ।

गत भदौ देखि फैलिएको यो रोग हिउँदमा  केही कम भएपनि गर्मी बढेसँगै बाजुरामा तिस हजार पशु चौपाया प्रभावित भएका छन्  । सात /आठ सयको हाराहारीमा गाई गोरु मरिसकेका छन् ।  भेटिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुराका  कार्यालय प्रमुख पशुपति नाथले जानकारी दिनुभयो ।  यो रोगको निधान खोपबाट हुन्छ तर सरकारसंग पर्याप्त मात्रमा खोप छैन , निजी क्षेत्रबाट किन्दा प्रतिभाईल  ढाई सयदेखि  तिन सय रुपैंया पर्छ ।

    रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन जिल्ला पशुकार्यलय भेटनरी कायलय प्रमुख पशुपति नाथको भनाई छ । उक्त रोगबाट बच्न गोठ सरसफाइ र खोपको बारेमा किसानमा सचेतना जगाउन जरुरी छ कार्यालय प्रमुख नाथको भनाई

गाई भैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ । सङ्क्रमित गाई भैँसीको ओसारपसार, सामुदायिक चरण क्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाई भैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।

   भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । “एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाई भैँसीलाई फेरि लाग्दैन,”  पशु चिकित्सकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्