लकडाउनले गाउँ फर्कायो 

 तामाङकाे लोभलाग्दो फलफूल खेतीले छिमेकीलाई हौस्यायो



धादिङ। 

काेराेना भाइरसको महामारी नेपाल प्रवेश गरेपछि देश एउटा गहिरो सुन्यतातर्फ गयाे । घर भित्र, काेठा भित्र मानिस थुनिए । सवारी साधन चलेन, बजारमा किनमेल बन्दभयाे । अर्थात् मजदुर गर्नेहरुकाे हातमुख जाेर्ने बाटाे बन्दभयाे ।

यही नियति थाक्रे गाउँ पालिका वडा नम्बर ६ कुईकिलका ४० वर्षीय सुजन तामाङले पनि भोग्न बाध्य भए । लकडाउनपछि काठमाडौँबाट गाउँ फर्किएका सुजन तामाङले ६० रोपनी जग्गामा  फलफूल खेती गरेका छन्
सुजन तामाङले आफ्नो ३ सय रोपनी जग्गामा फलफूल र कागती लगाएर आफूलाई अब्बल किसान बनाउन लागि परेपछि उनको खेती हेरेर छिमेकीहरुले समेत फलफूल खेती गर्न थालेका छन् ।

देशमा केही गर्न सकिँदैन भनेर विदेश पलायन भइरहेको अवस्थामा घरमै बसेर पनि कृषिबाट आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका  सुजन तामाङकाे लगनशीलता लोभलाग्दो छ ।
गाउँमा सडक पुर्‍याउने नाममा भएको विनाश र खेतीपाती गर्न नसकिएको अवस्थामा अहिले  सुजन तामाङले तीन  हजार कागती, ३० ओखर, १५ अनार, २५ लिची, २५ जुनार लगाएका छन्  । कागतीले भने फल दिन थालेर आम्दानी हुन थालेकोले बच्चा पढाएर पनि आम्दानी हुन थालेको फलफूल कृषक तामाङले बताए ।

मादल बनाउने पेसा सङ्कटमा परेपछि लकडाउनले घर फर्काएका सुजन तामाङ अहिले एभोकार्डो र कफी लगाउन तयारीगरेका छन् । अब एकसय रापेनी जग्गामा थप फलफूल खेती गरेर आन्तरिक पर्यटकहरुलाई समेत आकर्षित गर्ने तयारी गरेको  बताए ।

२ सय ५० रुपैयाँ तिरेर सरकारी सहयोग विना बिरुवा खरिद गरेर फलफूल खेतीमा लागेका सुजनले ६ लाख लगानी गरेको बताए ।
कृषिको नाममा खेती नगर्नेहरुले अनगिन्ती रकम लिएर लुटपाट मच्चाएको उदाहरण हाम्रो सामु भएको बेला फलफूल खेती गरेर समाजलाई उदाहरण देखाएका किसानले भने सरकारी अनुदानमात्र होइन स्थानीय सरकारबाट प्राविधिक सहयोग समेत नपाएको सुजनको भनाइ छ । आफ्नै पौरख र लकडाउनले सिकाएको पाठले अहिले सुरुको अवस्थामा २ लाख रुपैयाँ नाफा लिएको बताएका छन् ।

सुजनले आम्दानी लिन थालेपछि प्रेमबहादुर तामाङ ४ सय बिरुवा कागती र सागर तामाङले २ बिरुवा कागती, १ सय बिरुवा ओखर लगाएका छन् ।
केही गर्छु भन्ने र काम गर्न थालेका किसानलाई सहयोग नगर्ने, कुनै अनुदान पारिदिन्छु भनेर किसानहरूसँग कमिसन लिन खोज्ने अवस्थामा आफूले आफ्नो भोगाइ र सिकाइबाट फलफूल खेती गर्न थालेपछि सामाजिक रुपमा समेत विकासका लागि आफैँ लाग्नु पर्छ  भन्ने भावना स्थानीयहरूमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्