रजतजयन्तीको अवसरमा धार्मिक प्रवचन

0
Shares

काठमाडौँ । 

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको रजतजयन्ती महोत्सवको उपलक्ष्यमा शनिबार धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
रजत जयन्ती कार्यक्रम बर्षभरी नै मनाउने क्रममा उक्त धार्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

काठमाडौँ क्षेत्र नम्बर ९का संघीय सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जीवनलाई सफल बनाउने भन्ने विषयमा प्रवचन दिइएको थियो ।

पण्डित भरतराज पौडेलले मानव जीवन र दुर्गा माताको महत्वका विषयमा धार्मिक प्रवचन दिनु भएको थियो भने डा. रामहरि लामिछानेले समय, शिक्षा र स्वास्थ्यको महात्वको विषयमा प्रवचन दिनु भएको थियो ।

त्यसैगरी मानवीय जीवन मूल्यमा अनुशासनको महत्वको विषयमा इन्दिरा न्यौपानेले प्रवचन दिनु भएको थियो भने तनाव व्यवस्थापन सुखी जीवनको विषयमा ब्रह्मकुमार रामसिंह ऐरले प्रवचन दिनु भएको थियो।

संस्थाले बर्षभरी नै विभिन्न कार्यक्रम आयोजना गरेर रजतजयन्ती कार्यक्रम मनाउन लागेको कार्यक्रमका संयोजक सुन्दर थापाले जानकारी दिनुभयो ।