विद्यार्थीलाई यौन सम्पर्क गर्न बाध्य बनाउने शिक्षिका पक्राउ



न्युयोर्क । अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षकको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ । यो अचम्मलाग्दो कुरा के हो हामी तपाईंलाई बताउँछौँ ।

यी शिक्षकमाथि लगाइएको आरोप सत्य सावित भएको छ । अमेरिकाको यो प्रान्तको कानून अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ ।

तर यहाँ यी शिक्षक प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गैरकानूनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ ।

डेली स्टारको रिपोर्टका अनुसार २६ वर्षीया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन् । विद्यार्थी अभिभावकसँगै बस्थे ।

यस घटना सार्बजनिक भएपछि पीडित बालको परिवारमा आक्रोश र आश्चर्य छ किनकी धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए । यसबीचमा कालीले राति–राति गोप्य रूपमा बालकको घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन् । कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभइ गाडी र बगैचामा पनि यौन सम्पर्क राखेकी थिइन् ।

त्यसमाथी अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेको कुरा अदालती प्रकियाको क्रममा खुलेको थियो ।

प्रचलित कानुनअनुसार अब यी शिक्षकलाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्