एसइईपछिको विषय छनोट



एसइईको परीक्षाको नतिजापछि विद्यार्थीहरूमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्योल उत्पन्न हुन्छ । पढ्ने विषय छनोटमा विद्यार्थीहरूलाई मात्र तनाव हुँदैन, अभिभावकहरूलाई समेत हुने गर्दछ । ‘के विषय पढ्ने’, ‘कुन विषय पढेमा के हुन्छ’, ‘कक्षा ११ मा कुन विषय पढेमा उच्च शिक्षामा कुन विषय पढ्न पाइन्छ’ भन्ने जिज्ञासा विद्यार्थीका मनमा उत्पन्न हुने गर्छ । यो विषय अभिभावकको उत्तिकै चासोको विषय पनि हो ।

लेखक

अभिभावकहरूमा सन्तानको भावी शिक्षाका सम्बन्धमा चिन्ता हुनु स्वभाविकै हो । कतिपय अभिभावकमा आफ्ना छोराछोरीले ‘यो विषय पढे हुन्थ्यो’, ‘त्यो विषय पढे हुन्थ्यो’ भन्ने भावना आउने गर्छ । विद्यार्थीको विषय छनोटमा अभिभावकको हस्तक्षेपकारी भूमिका हुने गर्छ । अभिभावकहरू पनि छोराछोरीको रुचि, क्षमता र परिवारको सामथ्र्यलाई विश्लेषण नगरी आफूँ चाहेको विषय छनोटमा नै कन्द्रित हुने गर्छन् । यस्तो अवस्थामा विद्यार्थी झन अलअल हुन पुग्छ ।

एसइईको नतिजा पनि विषय छनोटको एउटा आधार हो ।एसइई पूरा गर्नु र एसइईमा विषयगत ग्रेडसहित जिपिए उल्लेख हुनु भनेको विद्यार्थीलाई आफूँ कुन विषयमा कस्तो छु भनेर स्वयम् पहिल्याउनु र कुन विषय पढ्ने भन्नेमा स्पष्ट हुनु हो ।विषय छनोट गर्दा एसइईको जिपिएलाई मुख्य आधार मान्नेगरेका छन्; शिक्षण संस्था, अभिभावक र विद्यार्थीले । जिपिए नै थोरैआयो भने सोचेको र चाहेको विषय पनिपढ्न पाइँदैन ।

विषय छनोट त्यति हल्का कुरा होइन, न त हँसिमजाकको कुरा हो । यो त व्यक्ति शिक्षाको भावी गोरेटा कोर्ने गम्भीर विषय हो । कक्षा ११ मा विषय छनोटमा ध्यान दिइएन भने यसले पछि उच्च शिक्षामा कुन विषय पढ्ने भन्ने समस्या ल्याउँन सक्छ ।

कक्षा ११ मा पढेका विषयले नै उच्च शिक्षाको ढोका खुल्ने भएकाले विषय छनोटमा विशेष ध्यान दिनुपर्छ । यिनै विषयले नै उच्च शिक्षामा विषय छनोटका लागि आधार दिन्छ । विद्यार्थीले उच्च शिक्षामा पुग्दा कुन विषय पढ्ने हो, सोही आधारमा कक्षा ११ मा विषय छनोट गर्नुपर्छ ।

कक्षा ११ मा आइपुग्दा विद्यार्थीले भविष्यमा कुन विषय पढ्ने भन्ने कुरा सामान्यतया सोचिसकेका हुन्छन् । यस कक्षामा आइपुग्दा विषय छनोटलाई साँधुरिदै सीमित विषयको घरमा आइपुगेको हुन्छ ।

सबैभन्दा पहिला त विषय छनोट गर्नु विद्यार्थीको इच्छा हो, दोस्रो क्षमता । विद्यार्थीको इच्छा भएर मात्र हुँदैन, छानिएको विषय अध्ययन गर्न सक्ने ल्याकत पनि हुनुपर्छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई विषय छनोटमा दवाव (प्रेसर) दिनु हुँदैन । बरु, परामर्श दिनुपर्छ । उनीहरूको रुचिअनुसार विषय पढ्न दिनुपर्छ । विषय छान्दा आमाबाबु, दाजुदिदी, अभिभावक तथा शिक्षक सहयोगी बन्न आवश्यक छ तर मुख्य निर्णायक बन्नु भने हुँदैन ।

कुन विषय पढ्ने भनी विषय छान्दा विद्यार्थीकोे रुचि नै मुख्य कुरा हो । विषय छान्दा सबैभन्दा पहिला विद्यार्थीले आफ्नो रुचि पहिल्याउनु पर्छ, कुन विषय पढ्दा म रमाउँछु भनी विश्लेषण गर्नुपर्छ । रुचि बिनाका विषय पढ्न बाध्य हुनु हुँदैन, बाध्य पार्नु हुँदैन ।

आफ्ना छोराछोरीको रुचि र क्षमतालाई वास्ता नगरी आमाबाबुले आफ्ना चाहना अनुसार विषय छनोट गरिदिँदा कतिपय विद्यार्थीले पढाइ पूरा गर्न नसकेका प्रशस्तै उदाहरण छन् । कतिपयले बिचैमा पढाइ पनि छोडेका घटनाहरू छन् । त्यसैले, छोराछोरीलाई एसइईपछि विषय छनोट गर्न दवाव दिने होइन, परामर्श मात्र दिने हो, सहजीकरण गरिदिने हो ।

‘आफन्तीका छोराछोरी यो विषय पढेका छन्, तिमीले यो विषय पढ ’,‘मेरा साथीका छोराछोरीले त्यो विषय पढे, तिमीले त्यो विषय पढ’ भनेर आमाबाबुको दायित्व पूरा हुँदैन । छोराछोरीको शैक्षिक सफलताका लागि उनीहरूको रुचि र सामथ्र्यअनुसारको विषय छनोट गर्न आमाबाबुले सहयोग गर्नुपर्छ । छोराछोरीको शैक्षिक सफलताका लागि । उनीहरूको रुचि र सामथ्र्यअनुसारको विषय छनोट गर्न आमाबाबुले सहयोग गर्नुपर्छ ।

विषय छनोटका गर्दा आफूँलाई पढाएका शिक्षकहरू, दाजुदिदीहरू, सम्बन्धित विषयका विज्ञबाट सल्लाह सुझाव लिनुपर्छ । यसबाट उहाँहरूको अनुभव सुन्न, बुझ्न र थाहा पाउन सकिन्छ । विद्यार्थीले पनि आफूँले पढ्न सक्छु भन्ने लागेको विषय नै रोज्नुपर्छ । आफूँलाई पढ्न सक्छु जस्तो नलाग्ने विषय आमाबाबु, दाजुदिदी र शिक्षकको करकापले कदापि रोज्नु हुँदैन ।

विषय छनोटमा भविष्यमा आफूँ के बन्ने हो भन्ने कुराको पनि विचार पु¥याउनु पर्छ । यसका लागि कुन विषय पढेमा कुन करियरमा जान सकिन्छ भन्ने कुराको जानकारी लिनुपर्छ । छ्यासमिसे विषय भयो भने भविष्यको करियर स्पष्ट गर्न सकिँदैन । करियरको कुरा गर्दा आफैँ बाँच्न सक्ने, कमाउन सक्ने, कमाएर जोगाउन सक्ने विषय छान्नु पर्छ ।

विश्वविद्यालय प्रवेशको तयारीसँगै आफ्नो भविष्यको गन्तव्यतिर जानका लागि अभिभावकको सन्तुष्टि र आफ्नो रोजाइको विषय छनोट गर्नुपर्छ । यसका लागि आफूँले रोजेको र दक्षता हासिल गरेको विषय छान्नुपर्छ । कुन विषय पढेमा करियर राम्रो होला भनेर विमर्श गर्नुपर्छ ।

विषय छनोट गर्दा विश्व बजारमा बिक्ने किसिमको हुनुपर्छ । रोजगारी र अवसरका हिसाबले पनि विषय छान्दा ध्यान दिनुपर्छ । कुनै पनि विषय कमजोर हुँदैनन् तर सबै विषयको बजार माग भने समान हुँदैन । पढाइ रोजगारीसँग पनि सम्बन्धित हुने भएकाले बजारलाई ध्यान दिनुपर्छ । जुनसुकै विषय अध्ययन गरेपनि आफूँले पढेको विषयमा भने दक्ष चाहिँ हुनैपर्छ । विषय छान्दा रुचिअनुसार जुन विषय छान्दा पनि हुन्छ । तर, पढाइ राम्रो हुनुपर्छ, पढाइमा उत्कृष्टता हासिल गर्नुपर्छ । यति भएपछि जहाँ पनि बिकिन्छ ।

विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा, प्राविधिक शिक्षा सम्बन्धी विभिन्न विषय कुनै ठूलो र कुनै सानो, कुनै अति महङ्खवपूर्ण र कुनै कम महङ्खवपूर्ण भन्ने हुँदैन । विषय र क्षेत्र आफैँमा कुनै पहिलो दर्जा र कुनै दोस्रो तथा कुनै तेस्रो दर्जाका हुँदैनन् । सबै विषय आआफ्ना क्षेत्रमा उत्तिकै महङ्खवपूर्ण हुन्छन् । (दोस्रो ब्रेकर)

पढ्दा खर्च कति लाग्छ भन्ने कुरा पनि विचार गर्नुपर्छ । शिक्षाका लागि खर्च त चाहिन्छ नि । पढ्नका लागि जतिसुकै रोजगारीमूलक, विश्व बजारमा बिकाउ किसिमको र समय सान्दर्भिक भने पनि पढ्नका लागि खर्च चाहिन्छ । खर्च गर्न सक्ने किसिमको विषय पनि छान्नुपर्छ । केही प्राविधिक विषयमा छात्रवृत्ति उपलब्ध भए पनि सबैलाई यो अवसर उपलब्ध हुँदैन । कुन विषय पढ्दा कति खर्च लाग्छ भन्ने विषयको पनि जानकारी लिनुपर्छ ।

विषय छान्दा रुचिका साथसाथै बजारलाई पनि हेर्नुपर्छ । संसार परिवर्तनशील छ । पाँचवर्षको अन्तरालमा बजारमा निकै परिवर्तन भइरहेको हुन्छ । बजारको परिवर्तनको दिशा कतातिर छ भनी आँकलन गर्नुपर्छ । समय र त्यसको परिवर्तनलाई आत्मसात हुने किसिमले विषय छनोट गर्न सकिएमा आफूँले पढेको विषयको उपादेयता सधैं नै रहिरहन्छ । बजारको परिर्वतनका साथ विशेषज्ञ तथा विज्ञको माग पनि बढ्ने हुन्छ ।

विषय छान्दा बजारमा बिकाउ र टिकाउ हुने विषय छान्नु पर्छ । बजारमा जनशक्तिको आवश्यकता र खपतको जानकारी भएमा मात्र विद्यार्थीले आफ्नो रुचि, क्षमता र सामथ्र्यका आधारमा विषय छान्न स्वतन्त्र हुन्छन् ।बजारको आवश्यकता भने बेग्लै हुन्छ । अनि बजारको आवश्यकता र उत्पादित जनशक्तिबिच तालमेल हुँदैन ।

बजारको जनशक्तिको आवश्यकता सम्बन्धी परामर्श अभिभावकहरूलाई पनि दिनुपर्छ । बजारको माग एकातिर छ, अभिभावकको चाहना अर्कोतिर हुन सक्छ । नयाँनयाँ प्रविधि, वैज्ञानिक आविष्कार, सूचना प्रविधिको विकास र फैलावटले देशका सबै क्षेत्रलाई प्रभाव पारेको हुन्छ । पुराना प्रविधि र प्रचलन हराउँदै गएको हुन्छ । बजारमा के को आवश्यकता छ, व्यापार, पर्यटन, श्रम, सेवा क्षेत्र, उत्पादनक्षेत्र, निर्माण क्षेत्र आदिमा के को आवश्यकता छ भन्ने कुराको जानकारी बजारले दिन्छ ।

बजारको मागअनुसार जनशक्तिको उत्पादन गरिन्छ र गर्नुपर्छ । नयाँ प्रविधिले कस्तो जनशक्ति मागगर्छ, नयाँ प्रविधि कति समयसम्म टिकिरहन्छ भन्ने कुराको पनि जानकारी हुँदा विषय छनोटमा सहयोग पुग्छ ।

विद्यार्थीले कुन विषय अध्ययन गर्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुरालाई विचार गर्नुपर्छ । यसमा अभिभावक, दाजुदिदी तथा गुरुजनले सहयोग गर्नुपर्छ । विद्यार्थीले आफूँले रोजेको विषय र त्यसमा हासिल गर्ने सफलताले एक सक्षम नागरिक बन्ने अवसर प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्