मन्त्रीको गृह जिल्लामा प्रदेश सरकारको सवा २ अर्बका योजना

0
Shares

काठमाडौं । आगामी आर्थिक वर्षका निम्ति बाग्मती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामामार्फत् काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजार रुपियाँबराबरका विभिन्न योजना समावेश भएका छन् । प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहमार्फत् कार्यान्वय हुने गरी ती योजना समावेश भएका हुन् ।

मन्त्री लामाको मन्त्रालयबाछ काभे्रमा खानेपानी, ऊर्जा र सिँचाइ मन्त्रालयमार्फत् सबैभन्दा धेरै योजनामा विनियोजन भएको छ । उक्त मन्त्रालयबाट काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकमका विभिन्न योजनामा बजेट विनियोजना भएको छ । क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् ।

त्यस्तै काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट क्षेत्र नं १ (क) मा १४ करोड ६ लाख, प्रदेश सभा १ (ख)मा ३४ करोड १५ र अन्तरपालिका र जिल्लास्तरीय योजनामा ११ करोड २० लाख गरी ५९ करोड ४१ लाख रकम विनियोजन भएको छ ।

सामाजिक विकास, वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट १९ करोड ८६ लाख रकम विनियोजन भएको छ । सामाजिक विकास, वन, पर्यटनतर्फ प्रदेश सभा १ (ख) मा ४ करोड ३६ लाख, १ (क) तर्फ ९ करोड २० लाख र काभ्रे क्षेत्र नं २ मा ती मन्त्रालयबाट ५ करोड २९ लाख २५ हजार रकम विनियोजन भएको छ ।

खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयमार्फत् धुलिखेलका वडा नं ८, ९, १०, ११ र १२ मा खानेपानीतर्फ ३ करोड ६ लाख र सिँचाइतर्फ १ करोड ६० लाखका योजना समावेश भएका छन् ।

यसैगरी रोशी गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका वडामा सिँचाइतर्फ ५ करोड ६५ लाख र खानेपानीतर्फ ४ करोड ५९ लाख बराबरका योजना समावेश भएका छन् । खानीखोला गाउँपालिकामा सिँचाइतर्फ ४ करोड ७५ लाख, खानेपानीतर्फ ४ करोड १५ लाख, नमोबुद्ध नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ मा सिँचाइतर्फ ६ करोड ९७ लाख र खानेपानीतर्फका ४२ योजनामा ८ करोड ४० लाख रकम विनियोजन भएको छ ।

पनौतीका वडा नं ४ देखि १० सम्मका वडामा सिँचाइतर्फ २ करोड ७० लाख र खानेपानीतर्फ ३ करोड ७५ लाख रकम विनियोजन भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं ६ मा मात्रै सिँचाइतर्फ ४५ लाख बराबरका २ योजना र खानेपानीतर्फ ३० लाखका २ योजना समावेश भएका छन् ।

चौरीदेउराली गाउँपालिकामा सिंचाईका २४ योजनामा २ करोड ८७ लाख, खानेपानीका २५ योजनामा ३ करोड ७६ लाख, महाभारत गाउँपालिकामा खानेपानीका २४ योजनामा ४ करोेड २१ लाख र सिंचाईतर्फका २९ योजनामा ६ करोड ४१ लाख विनियोजन भएको छ । तेमाल गाउँपालिकामा सिंचाईतर्फ ६ करोड २ लाख र खानेपानीतर्फ ४ करोड ९२ लाख रकम विनियोजन भएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानीका ५ योजनाको लागि ६० लाख र सिंचाईतर्फका ३ योजनका लागि ५५ लाख विनियोजन भएको छ ।

उता रोशी गाउँपालिका वडा नं ६ देखि १२ नं सम्मका वडामा खानेपानीतर्फका ३७ योजनामा ७ करोड ७० लाख र सिंचाईतर्फका ३७ योजनामा ९ करोड १२ लाख रकम विनियोजन भएको छ । त्यस्तै पाँचखाल नगरपालिकामा सिंचाईतर्फ ७ करोड २६ लाख र खानेपानीतर्फ १ करोड ६ लाख, बनेपा नगरपालिकामा सिंचाईतर्फ ३ करोड २० लाख र खानेपानीतर्फ ४ करोड ६ लाख ५० हजार विनियोजन भएको छ । मण्डनदेउपुर नगरपालिकामा सिंचाईतर्फ ७ करोड ७७ लाख र खानेपानीतर्फ २ करोड ८३ लाख विनियोजन भएको छ ।

त्यसैगरी धुलिखेल नगरपालिका वडा नं १ देखि ७ सम्म सिंचाईतर्फ २ करोड ८० लाख र खानेपानीतर्फ ८२ लाख, बेथानचोकको वडा नं १ देखि ५ सम्म खानेपानीका १४ योजनामा १ करोड ७५ लाख र खानेपानीका ८ योजनामा १ करोड ७५ लाख र पनौतीका वडा नं १, २, ३, ११ र १२ का १३ सिंचाई योजनामा १ करोड ७५ लाख र खानेपानीका १९ योजनामा २ करोड ५५ लाख बजेट विनियोजन भएको छ । भुम्लु गाउँपालिकामा सिंचाईतर्फ ६ करोड ३५ लाख र खानेपानीतर्फ ४ करोड ७६ लाख विनियोजन भएको छ ।